September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मोबाइल एक्स्पो सुरु

काठमाडौं, १ असार। काठमाडौैंको नयाँ बसपार्कस्थित बिजी मलमा बुधबारदेखि मोबाइल एक्स्पो सुरु भएको छ। 

एक्स्पोमा 'हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार' योजना समेत राखिएको छ। एक्स्पो अवधिभर ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान किन्दा २० प्रतिशत छुट पाउनुका साथै मलमा आउने ग्राहकमध्ये दुई जनाले दैनिक लक्की ड्रमार्फत स्मार्ट फोन प्राप्त गर्नेछन्। 

यसैगरी रु. १० हजार भन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये दुई जनाले नगद फिर्ता पाउने योजनासमेत रहेको छ। एक्स्पो अवधिमा एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीले विशेष उपहार पाउने छन्। सबै ब्राण्डका मोबाइल राखिएको एक्स्पोमा रु. एक हजारदेखि रु. ९९ हजार सम्मका मोबाइल सेट राखिएका छन्।  

एक्स्पो अवधिमा मोबाइल खरिद गर्नेमध्ये एक जोडीले दुई रात तीन दिनको पोखरा भ्रमण समेत सित्तैमा गर्न पाउने छन्। एक्स्पो असार ११ गतेसम्म चल्नेछ।