September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

फरार अभियुक्त बाइस वर्षपछि पक्राउ

काठमाडौं, १ असार। सवारी ज्यान मुद्दाका फरार अभियुक्त काठमाडौं महानगरपालिका–३४ भिमसेनगोला बस्ने गणेशबहादुर तण्डुकारलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले बुधबार भीमसेनगोलाबाट पक्राउ गरेको छ। तण्डुकारले बा.अ.ह ८७७ नम्बरको टेम्पो चलाउँदा २०५१ सालमा चाबहिल–महाराजगञ्ज सडकमा पैदल हिंडिरहेका ५९ वर्षीय रामकुमार जीवनलाई ठक्कर दिंदा उनको मृत्यु भएको थियो। 

सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०५१ माघ १० मा फैसला गर्दै टेम्पो चालक तण्डुकारलाई २ वर्ष कैद हुने ठहर गरेको थियो। पक्राउ परेको तन्डुकारलाई कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको प्रहरीले जनाएको छ।