September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

चे जन्म दिवस

सुर्खेत, १ असार। नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा चे ग्वेभारको ८८ औं जन्म दिवसको अवसरमा 'चीनका प्रसिद्ध युद्ध र विद्रोहहरु' पुस्तकबारे अध्ययन गोष्ठी बुधबार सम्पन्न भयो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले विश्व क्रान्तिका नायक चे ग्वेभारा अर्जेन्टिनामा जन्मेर क्युवामा समाजवादी क्रान्ति सम्पन्न गरी बोलिभियामा क्रान्तिको नेतृत्व गर्दा ३९ वर्षकै उमेरमा क्रुर बोलिभियाली सरकारले हत्या गरेको बताउनुभयो। उहाँले चे ग्वेभाराको क्रान्तिकारी भावनाबाट सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा नेक्रायुसङ्घ सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगी, नेमकिपा सुर्खेतका संयोजक बमबहादुर शाहीलगायत नेमकिपाको भ्रातृ सङ्गठनका सदस्यहरुले पनि पुस्तकबारे आफ्नो विचार राख्नुभएको थियो।