September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सदनसमक्ष सम्झौता प्रस्तुत

काठमाडौं, १ असार। व्यवस्थापिका–संसद्को बुधबारको दोस्रो बैठकमा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले 'दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको विधान' बारे सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उक्त सम्झौता सदनसमक्ष प्रस्तुत गर्नुभयो।  

मुलुकको जैविक विविधता संरक्षण तथा वन्यजन्तुको चोरी सिकारी अन्त्य गर्ने दिशामा उक्त सम्झौता महत्त्वपूर्ण रहेको तथा नेपाल त्यसको पक्ष राष्ट्र भएकोले अन्तर्राष्ट्रिय प्रतिबद्धता पालना गर्न सम्झौता सामयिक भएको बताउनुभयो।  

त्यसैगरी, बैठकले 'विनियोजन विधेयक, २०७३' माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गर्‍यो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक विचारार्थ प्रस्तुत गर्नुभएको थियो।  

व्यवस्थापिका–संसद्को अर्को बैठक असार ५ गते बिहान ११ः०० बजे बस्नेछ।