September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

आउँदो वर्ष मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, १ असार। मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौं आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

सुन्दरीजलस्थित सुरूङ निर्माणस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७.१४ किमी सुरूङ निर्माण सम्पन्न भएकोले अब बढीमा डेढ वर्षभित्रमा पानी आउने बताउनुभयो। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेपछि प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ। पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिछ्याउने काम ४३ प्रतिशत सम्पन्न गरेको निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो।