September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ख्वप कलेजमा बधाई तथा अभिमुखीकरण

भक्तपुर, २ असार। ख्वप कलेजमा स्नातक तह अध्ययन पूरा गरेका बीबीएस, बीए र बीएस्सीका विद्यार्थीहरूलाई बधाई तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो।  

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले उत्पादन श्रमसँग जोडिएको शिक्षा दिन भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न लागेको बताउनुभयो।  

नयाँ पुस्तालाई स्नातक उत्तीर्ण गराई समाजलाई बुद्धिजीवीकरण गर्न ख्वप कलेज स्थापना भएको उल्लेख गर्दै अध्यक्ष सुवालले एक घर एक स्नातक तयार गर्ने लक्ष्यलाई बल पुर्‍याउन ख्वप उच्च मावि स्थापना भएको बताउनुभयो। 

विद्यार्थीहरूमा देशभक्तिको भावना हुनुपर्ने विचार राख्दै उहाँले देशको आन्तरिक मामिला विदेशीलाई बताउनु देशघाती कदम हुने बताउनुभयो। 

'युवाहरूलाई विदेश पठाएर देशको विकास हुँदैन, युवाहरूलाई स्वदेशमै रोजगारी दिनु राज्यको जिम्मेदारी हो।' उहाँले भन्नुभयो। 

प्रजग कोरियाका जनताको देशभक्तिपूर्ण भावनाबाट सिक्नुपर्ने चर्चा गर्दै उहाँले नेपालजस्तै भूगोल र जनसङ्ख्या सानो भएको सो देशले भूउपग्रह उडाउने र हाइड्रोजन बमको सफल परीक्षण गरेको बताउनुभयो।   

संरा अमेरिका एवं नाटो देशहरू एसियामा तेस्रो विश्व युद्ध थोप्न चीन र भारतबीच मतभेद सिर्जना गरेको र दक्षिण चीन सागरको विवाद यसैको सिलसिला भएको बताउनुभयो। 

कलेजका प्राचार्य रुपक जोशीले ख्वप कलेज राष्ट्रिय स्तरको सामुदायिक कलेज भएको चर्चा गर्दै ख्वप कलेजले तुलनात्मकरुपमा कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो।  

कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले कलेजको सकारात्मक कुरालाई फैलाउन विद्यार्थीहरू लाग्नुपर्ने र शिक्षकहरूको सुझावलाई मार्गनिर्देशकको रुपमा विद्यार्थीहरूले लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

एमए अर्थशास्त्र इञ्चार्ज राजन फाजू, एमए अङ्ग्रेजी तथा बीए इञ्चार्ज कमिनिका न्याइच्याई र एमएस्सी वातावरण विज्ञान तथा बीएस्सी इञ्चार्ज रवीन्द्र ज्याख्वले विद्यार्थीहरूलाई उच्च शिक्षाबारे अभिमुखीकरण गर्नुभएको कार्यक्रममा विद्यार्थीहरू विक्रम घेमोसू, अनिता भुजू र सञ्जीवनी श्रेष्ठले कलेजबारे आ–आफ्नो विचार राख्नुभएको थियो। 

कार्यक्रममा प्राचार्य जोशीले विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।