म्यानमार र रूसमाराजदूत सिफारिस परिवर्तन
काठमाडौं, २ असार। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रूस र म्यानमारमा राजदूत नियुक्तिका लागि यसअघि गरिएको सिफारिस हेरफेर गरेको छ। गत वैशाख ७ गते रूसका लागि सिफारिस गरिएको राप्रपा नेपालका नेता निरञ्जन थापालाई म्यानमारको तथा म्यानमारका लागि सिफारिस ऋषिराम घिमिरेलाई रूसको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री राईले जानकारी दिए।
बोनम्यारो ट्रान्सप्लान्टका लागि सरकारले ६ महिनाभित्र कुनै एक सरकारी अस्पतालमा अत्याधुनिक उपकरण जडान गर्ने निर्णय पनि गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले यस्तो निर्णय गरेको हो।
|