September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भिरमह बिक्री गरेर सडक निर्माण

फलेवास (पर्वत), २ असार। भुकताङ्ले गाविसका बासिन्दाले भिरमह बिक्री गरेर गाउँमा सडक निर्माण गरेका छन्। भिरमह बिक्री गरी रु. छ लाखको लागतमा कास्कीको नयाँपुलदेखि पर्वतको भुकताङ्ले–८ र ९ हँुदै पुनः कास्कीको पर्यटकीयस्थल दाङ्सिङ सुधामेसम्म करिब चार किलोमिटर सडकको ट्र्याक खोलेका हुन्। स्थानीयवासी महानबहादुर गुरुङका अनुसार स्थानीयले यस वर्ष ३०० किलो मह सङ्कलन गरेका थिए।  

प्रतिकिलो मह रु. दुई हजारका दरले स्थानीय बजार र पोखरा तथा काठमाडौंमा बिक्री गरी रकम सङ्कलन गरिएको गुरुङको भनाइ छ। उक्त सडक निर्माणसँगै पर्यटकीय सहर पोखरालाई हिमालपारिको जिल्ला मुस्ताङ हुँदै कोरला नाका जोड्ने सडकको नयाँ ट्र्याक समेत जोडिएको छ।  

ट्र्याक खुलेपछि पोखरादेखि मुस्ताङ जाने सवारी साधनका लागि करिब ३५ किलोमिटर सडक छोटिएको बताइएको छ। रासस