September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नगरस्तरीय विद्यार्थी भेला सम्पन्न

भक्तपुर, २ असार। नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १२ औं भक्तपुर नगर सम्मलेन तयारी समितिको आयोजनामा नगरस्तरीय विद्यार्थी भेला बुधबार सम्पन्न भयो।  

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले अनुशासनहीनताले सङ्गठनमा भाँडभैलो निम्त्याउन सक्नेतर्फ सचेत रहन विद्यार्थीहरूलाई सुझाव दिनुभयो।  

मानिस सामाजिक प्राणी भएकोले स्वभावैले राजनीतिमा लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो। 

नेमकिपा भक्तपुर नगर समितिका राजकृष्ण गोराले भविष्यमा देशको बाग्ाडोर सम्हाल्ने पुस्ता आजका विद्यार्थी भएकोले अहिलेदेखि नै साङ्गठनिक भावनाको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। 

नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष निरज लवजूले स्वयं विद्यार्थीहरू राजनीतिबाट टाढिंदै जाँदा प्रतिक्रियावादी एवं विदेशी दलाललाई फाइदा पुगेको बताउनुभयो।  

आयोजक समितिका संयोजक रमण बोहजूको सभापतित्वमा भएको कार्यक्रममा समितिकै राजीव सुवाल, सत्यनारायण सिजख्व, हरि मुलगुठीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।