September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

'कथा नालापानी' वृत्तचित्रको विशेष कार्यक्रम

काठमाडौं, ३ असार। नेपाल फाउण्डेसन फर एडभान्स स्टडिजले निर्माण गरेको 'कथा नालापानी' वृत्तचित्रको शुक्रबार कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा विशेष प्रदर्शन गरियो।  

वृत्तचित्र हेर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सांस्कृतिक केन्द्र पुग्नुभएको थियो।  नालापानीमा बेलायती सेना र नेपाली सेना तथा जनताबीच भएको लडाईको विषयमा बनाइएको वृत्तचित्रमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुका तात्कालीन अर्थराजनीतिक कारण, बेलायती उपनिवेशवादविरूद्ध नेपालले गरेका कूटनीतिक पहल, आत्मसमर्पण गर्नुभन्दा युद्ध गर्नु नै श्रेयष्कर भई लडार्इंमा गएको नेपाली सेनाको तात्कालीन भौतिक अवस्था आदि ऐेतिहासिक घटनाहरूबारे चर्चा गरिएको छ। 

जम्मा ६ सय नेपाली सिपाहीं र जनताले नालापानीको किल्लामा ५ हजारको सङ्ख्यामा अत्याधुनिक हातहतियारसहित आएका बेलायती सेनासँग महिनौंसम्म लगातार लडेका थिए र त्यस अवस्थामा नेपाली सेनाले अवलम्बन गरेका लडाकु नीति र नेपाली जनताले कम स्रोत–साधनबीच बहादुरीका साथ गरेको लडाईको ऐतिहासिक विश्लेषण सहितको सो वृत्तचित्र हेर्न विभिन्न क्षेत्रका विज्ञहरू त्यहाँ पुग्नुभएको थियो।  

वृत्तचित्र हेर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठ, परराष्ट्र मामिलाका ज्ञाता हिरण्यलाल श्रेष्ठ, अर्थविद् प्रकाशचन्द्र लोहनी, उपप्रधानमन्त्री भीम रावल, पूर्वमन्त्री लालबाबु पण्डितलगायतका व्यक्तिहरू पुग्नुभएको थियो।  आयोजक समितिका अनुसार वृत्तचित्र नेपालका विभिन्न जिल्ला र विदेशमा बसेका नेपालीहरूबीच पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।