September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

एमाले कर्मचारीमा कुटाकुट

काठमाडौं, ३ असार। आधिकारिक ट्रेड युनियनको पदाधिकारीमा को जाने भन्ने विवाद बढेपछि एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनभित्र शुक्रबार दिउँसो कुटाकुट भएको छ। 

आधिकारिक ट्रेड युनियनमा पदाधिकारी र सदस्य बनेर जान चाहने आकाङ्क्षीहरूको सङ्ख्या बढेपछि एमालेनिकट कर्मचारी सङ्गठनमा विवाद चर्केको हो। 

विवाद चर्कदै जाँदा बबरमहलस्थित कार्यालयमा बसेको बैठकमा केही केन्द्रीय प्रतिनिधिहरूले सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालमाथि हातपात गरेको उपाध्यक्ष केदार देवकोटाले बताए। 

विवाद र कुटाकुट भएपछि प्रतिनिधि छनोट गर्न बोलाएको बैठक स्थगित भएको छ। 

प्रतिनिधि छनोटका लागि बिहीबार पनि बैठक बोलाइएको थियो। तर, अध्यक्ष ढकाल दिनभरि बैठकमै नआई भागेको भोला पोखरेल पक्षले आरोप लगाएको छ। ढकाल पक्षले अध्यक्षमाथि कुटपिट भएको बताए पनि भोला पोख्रेल पक्षमा नेताले चाहिं बैठकमा हातपात नभएको दाबी गरेका छन्। शुक्रबार प्रज्ञा भवन कमलादीमा पेशागत महासङ्घको कार्यक्रम भएकोले बैठक स्थगित गरिएको पोखरेल पक्षको दाबी छ। आधिकारिक ट्रेड युनियनमा एमालेनिकट सङ्गठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसहित ११ जना प्रतिनिधि पठाउनुपर्नेछ। 

अध्यक्षको लागि चारजनाले दाबी गरेका छन्। पुण्य ढकाल, गणेश रस्याल, लक्ष्मण खड्का र भोला पोखरेलले अध्यक्ष पदको दाबी गरेका छन्। 

त्यस्तै एमाले कोटाबाट उपाध्यक्षमा दुईजना र कोषाध्यक्षमा पाँच जनाले दाबी गरेका छन्। 

काङ्ग्रेसले प्रतिनिधि छान्यो, माओवादी अदालत पुग्यो 

महासचिवसहित ७ जनाले प्रतिनिधित्व गर्ने काङ्ग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियनले भने प्रतिनिधि छनोट गरिसकेको छ। युनियनले सुबोध देवकोटालाई आधिकारिक ट्रेड युनियनको महासचिव बनाउने निर्णय गरेको छ। 

उता माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठनले भने आफूहरूले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ।