September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

प्रभातमा छलफल कार्यक्रम सम्पन्न

भक्तपुर, ३ असार। प्रभात इङ्गलिस उच्च माविको आायेजनामा 'दक्षिण चीन सागर र टापुहरूको विवाद'बारे छलफल कार्यक्रम शुक्रबार भयो।  

कार्यक्रममा चिनियाँभाषा शिक्षक राजेन्द्र चवालले चीनको बढ्दो राजनैतिक तथा आर्थिक शक्तिलाई रोक्नको लागि संरा अमेरिकाले दक्षिणी चिनियाँ सागरमा टापुहरूको विवाद सिर्जना गरेको र त्यसको लागि भियतनाम र फिलिपिन्सलाई उक्साएको बताउनुभयो।  

शुक्रबार नै 'फौजदारी कानुन र यसको व्यवहारिक पक्ष' विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मन्तव्य राख्दै अधिवक्ता हिमाली रानामगरले फौजदारी कानुनको उद्देश्य समाजमा आपराधिक गतिविधिलाई कम गरी शान्तिपूर्ण स्थितिको सृजना गर्नु हो भन्नुभयो।  

कार्यक्रममा विद्यालयका प्राचार्य राम कासुलाले पनि बोल्नुभएको थियो।