सुन प्रतितोला रु. तीन हजार वृद्धि
काठमाडौं, १० असार। नेपाली बजारमा छापावाल सुन प्रतितोला रु. तीन हजारले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएको कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो। बिहीबार प्रतितोला रु. ५६ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रबार रु. ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ।
चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. ७९५ मूल्य कायम भएको चाँदी शुक्रबार रु. २५ ले वृद्धि भएको छ।
|