September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

दर्जनौं घर डुबानमा

राजविराज, १० असार। पूर्वी पहाडी जिल्लामा लगातार परेको वर्षाले त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिकाको अधिकांश घर डुबानमा परेका छन्।  

नदीमा आएको बाढीबाट सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ सहित अन्य वडामा पानी पसेर घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

अहिले सो वडाका मानिसको घरमा पानी पसेपछि पक्का घर भएकाहरूको छतमा र फुसको घर भएकाहरूले बाँधमा बस्न बाध्य भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो।  

साथै उक्त ठाउँको सडकमा पानी पानी भएपछि केही यातायातका साधन अवरुद्ध भएको बताइएको छ। यस्तै सप्तरी र सिरहाको बीचमा पर्ने बलान खेलमा आएको बाढीले त्यस आसपासका दर्जन घर डुबानमा परेका छन्। 

यता अत्यधिक वर्षा भएर सप्तरीको सदरमुकाम राजविराजको घरघरमा पानी पसेको भन्दै वडा नं ९ का स्थानीय बासिन्दाले राजविराज–भारदह सडकखण्ड शुक्रबार बिहान केही घण्टा अवरुद्ध गरेका छन्।  

राजविराजको तेतरीगाछी चोकमा भेला भएका स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेपछि सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन अवरुद्ध भएका थिए।                    रासस