September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सोर्‍ह वर्षमुनिका बालिका बढी हिंसामा

काठमाडौं, १० असार। महिला पुनःस्थापना केन्द्र (ओरेक)को एक अध्ययनले १६ वर्षमुनिका बालिका बढी बलात्कारलगायतका हिंसाको सिकार हुने गरेको देखाएको छ। 

महिलामाथि हुने विभिन्न हिंसामाथि ओरेकले गर्ने मासिक अध्ययनअनुसार जेठ महिनामा भएका २०६ घटनामध्ये आधाजसो घटनाका पीडित १६ वर्षमुनिका बालिका रहेका छन्।  

वैशाख महिनाको अनुपातमा जेठ महिनामा महिलामाथिको हिंसामा वृद्धि भएको देखिएको छ। वैशाख महिनामा १३१ घटना भएकामा जेठ महिनामा २०६ महिला हिंसाबाट पीडित भएका थिए।  

हिंसामा परेकामध्ये ३६ प्रतिशत महिला तथा बालबालिका शारीरिक हिंसाको सिकार भएका थिए। चार प्रतिशत महिलामाथि दाइजो र बोक्सीका नाममा कुटपिट भएको थियो। २५ प्रतिशत महिला मानसिक हिंसापीडित थिए भने १० प्रतिशत महिलाको हत्या भएको थियो।  

साइबर अपराध बढ्दै गएको अवस्थामा जेठ महिनामा छ प्रतिशत महिला यसबाट पीडित भएका थिए भने एक प्रतिशत महिला तथा बालिका बेचबिखनमा परेको देखियो।  

हिंसापीडित महिलामध्ये ५४ प्रतिशत आफ्नै श्रीमान्बाट पीडित भएका थिए। १३ प्रतिशत महिला छिमेकी, आफन्त र शिक्षकबाट नै पीडित थिए भने १२ प्रतिशत आफ्नै परिवारका सदस्यद्वारा सताइएका थिए। 

ओरेकले विभिन्न पत्रपत्रिका तथा कार्यालयमा दर्ता हुन आएका घटनालाई आधार मानी तथ्याङ्क प्रकाशन गरेको थियो।    रासस