September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

संसदीय सुनुवाइ सुरु गर्ने समितिको निर्णय

काठमाडौं, १० असार। व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ।  

समितिको शुक्रबारको बैठकले प्रस्तावित न्यायाधीश एवम् विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।  

समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो। सभापति गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचनामार्फत उजुरी दिन आह्वान गर्ने निर्णय शुक्रबारको बैठकले भएको बताउनुभयो।  

व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेको कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगित हुँदै आएको थियो। मङ्गलबार सुनुवाइ समितिको सभापतिमा गुरुङ निर्वाचित हुनुभएपछि सबै प्रक्रिया अगाडि बढाउन प्रमुख दल सहमत भएका हुन्।  

सुनुवाइ समितिको सदस्य सङ्ख्याका विषयमा दलहरूबीच लामो समयसम्म मत भिन्नता रहँदा अल्झदै आएको थियो।  

यस्तै समितिको शुक्रबारको बैठकमा समितिको कार्यदलले तयार पारेको कार्यविधिसमेत पारित भएको सभापति गुरुङले जानकारी दिनुभयो। समितिले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्चका ११ न्यायाधीश एवम् २१ मुलुकका राजदूतको सुनुवाइ गर्ने जनाएको छ।  

संवैधानिक प्रावधानअनुसार नियुक्त अगाडि न्यायाधीश एवम् राजदूतको सुनुवाइ गर्नुपर्ने हुन्छ।                    रासस