September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

एकासी हजार पर्यटकद्वारा निकुञ्जको भ्रमण

रत्ननगर (चितवन), १० असार। यस आर्थिक वर्षको ११ महिनामा ८१ हजार आठ सय १३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्।  

उनीहरूमध्ये सौराहा नाका हुँदै ७१ हजार २०४ जना तथा बाँकी १० हजार ६०९ पर्यटक अन्य सात नाकाबाट प्रवेश गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। सौराहामा सुविधायुक्त होटल तथा सेवा सुविधा राम्रो भएकाले अधिकांश पर्यटकले सौराहा नाका प्रयोग गर्ने गरेका हुन्। “गएको एक वर्षमा ८७ प्रतिशत पर्यटकले सौराहा नाका हुँदै निकुञ्ज घुमेको पाइएको छ,” निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भन्नुभयो। 

सौराहासँगै सुनाचुरी, खगेन्द्रमल्ली, घडगाई, कसरा, वनकट्टा, भिम्ले, लौखानी, अमलटारी र कजौली नाकाबाट पर्यटक निकुञ्ज प्रवेश गर्ने गरेका छन्। सौराहापछि कसराबाट पाँच हजार २०९, भिम्ले पोस्टबाट तीन हजार १४३, घडगाईंबाट २३४, वनकट्टाबाट १८३, लौखानीबाट २०२, अमलटारीबाट एक हजार हजार ५१२ तथा कजौलीबाट १२७ जना पर्यटकले निकुञ्ज घुमेका छन्। 

निकुञ्ज प्रवेश गरेका पर्यटकबाट करिब रु. १२ करोड राजस्व सङ्कलन भएको छ। निकुञ्जका रेञ्जर ऋषिराम ढकालका अनुसार साउनदेखि जेठसम्म निकुञ्ज घुम्नेमा ४२ हजार १५१ पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन्। “रु. आठ करोड राजस्व प्रवेश शुल्कबाट उठेको छ,” उहाँले भन्नुभयो। चैत महिनामा सबैभन्दा बढी रु. एक करोड ८६ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ।                     रासस