September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सरकारी लगानीमै उद्योग खोल्न जोड

काठमाडौं, १० असार। 'दिगो विकास लक्ष्यहरूलाई सफल पार्न सरकारको लगानीमा  कलकारखाना स्थापना गरी स्वदेशमा नै युवाहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्छ, देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गरी उत्पादन वृद्धि गर्नुपर्र्छ, आन्तरिक उत्पादनलाई प्राथमिकता दिई आयात रोक्नुपर्छ, नवीकरणीय ऊर्जाको सट्टा जलविद्युत् आयोजना निर्माणमा लगानी गर्नुपर्छ। जल र जङ्गल र जमिनको उचित प्रयोग गरी देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्छ।'  

उक्त विचार नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले व्यवस्था–संसद कृषि तथा जलस्रोत र वातावरण संरक्षणको शुक्रबार भएको बैठकमा व्यक्त गर्नुभएको हो।  

उहाँले जनताको क्षमता विकास गर्न शिक्षा निःशुल्क गर्ने, जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य उपचार निःशुल्क गर्नुपर्ने र जमिन जोत्नेलई वितरण गरी कृषि उत्पादन बढाउनुपर्ने विचार राख्नुभयो।  

निजीकरणका कारण देशका उद्योगधन्दाहरू बन्द भई विदेशी पूँजीले वर्चश्व कायम गरेको हुँदा विदेशी पूँजीले राष्ट्रिय पूँजी पलायन हुने खतरा बढेकोले निजीकरण अन्त्य गर्नुपर्नेमा जोड दिंदै सांसद काफ्लेले विनाआधार मुक्त गरिएका कमैया, हलिया, कम्लरी, हरूवा, चरूवाहरूको जीवन सुनिश्चित गर्न जमिन जोत्ने किसानलाई वितरण गर्ने व्यवस्था हुनुपर्ने बतउानुभयो।  

सांसदहरू किरण यादव, विक्रम खनाल, काशीनाथ अधिकारी, कमलप्रसाद पंगेनी, जीवन घिमिरे, धानो महरालगायतले उत्पादन वृद्धिमा जोड दिई आयात प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो।  

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले सांसदहरू नीति बनाउने ठाउँमा भएकोले अरूलाई नीति कार्यान्वयन नगरेको भन्नुभन्दा संविधानको कार्यान्वयन गर्न सक्रिय हुनुपर्ने विचार राख्नुभयो।  

संयुक्त राष्ट्र सङ्घ यूएनडीपीका सद्भावना दूतले सांसदहरूले नीति पारित गरेर अगाडि बढे सहायता गर्न तयार रहेको विचार व्यक्त गर्नुभयो।