September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुर बहुमुखी क्याम्पसमा चरम लापरबाही

भक्तपुर, १३ असार। भक्तपुर बहुमुखी क्याम्पसको लेखा शाखा नगद  काउन्टरका कर्मचारीहरू गैरजिम्मेवार भइदिंदा विद्यार्थीहरूले अनाहक दुःख पाइरहेका छन्। स्नातक तहको बोर्ड परीक्षाको फाराम बुझाउने अवधि केही दिनमात्र बाँकी हुँदा क्याम्पस प्रमुखको ठाडो मौखिक आदेशको नाममा विनाकारण विना कुनै सूचना काउन्टर बन्द गरिएको पीडित विद्यार्थीहरूले बताएका छन्। 

त्यस सम्बन्धमा यथार्थ बुझ्न खोज्दा सहायक क्याम्पस प्रमुखले आफूसँग कर्मचारी परिचालन गर्ने अधिकार नभएको भनी लाचारी प्रकट गरे भने क्याम्पस प्रमुख मोबाइल स्वीच अफ गरी व्यक्तिगत काममा लागेको पीडित विद्यार्थीको भनाइ छ। 

सहमतिविपरीत हालै अपारदर्शी ढङ्गले आंशिक शिक्षकको आवश्यकताको विज्ञापन गरी आन्तरिक शिक्षक नियुक्त गरेकोमा विद्यार्थीको विरोध र नेक्राविसङ्घसँग भएका व्यापक विद्यार्थी हितका प्रावधान कार्यान्वयन नगरेकोमा विद्यार्थी असन्तुष्टि बढेपछि त्यसलाई छल्न क्याम्पस प्रशासनले नयाँ काण्ड रचेको बुझिएको छ। 

क्याम्पस प्रशासनका गैरजिम्मेवार व्यवहार र विद्यार्थी पीडक मानसिकता देखेर विद्यार्थीहरू छक्क पर्दै आक्रोशित हुन थालेका छन्।