September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

जोशीको २८ औं कृति सार्वजनिक

ललितपुर। संस्कृति शिरोमणि हरिराम जोशीद्वारा क्यानाडाको एक वर्ष प्रवासमा लिखित 'पञ्च पल्लव' नामक ग्रन्थ शनिबार एक समारोहबीच लोकार्पण गरिएको छ। प्रदीप अभिनव संस्कृति विश्वकोषका रचयिता श्री जोशीको प्रकाशित कृतिमा यो ग्रन्थ अठाइसौं हो। 

जोशी रिसर्च इन्स्टिच्युटको आयोजनामा भएको कार्यक्रममा भूपू प्रम शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गर्नुभएको थियो। उक्त अवसरमा उहाँले राज्यले जोशीजी जस्ता विद्वानहरूको कदर गर्नु आवश्यक रहेको बताउनुभयो। 

ग्रन्थका रचनाकार हरिराम जोशीले कान्छा छोराको घर क्यानाडामा रहँदा आफूले एक वर्षभित्र सो ग्रन्थ लेखिभ्याएको जानकारी दिंदै बुद्धधर्मबारे रहेका भ्रम चिर्नलाई पनि आफूले सो ग्रन्थ लेखेको र आमा स्वतन्त्रताको प्रतीक र सर्वव्यापी रहेको बताउनुभयो। 

कार्यक्रममा ग्रन्थबारे आफ्नो समीक्षा मन्तव्य राख्नु हुँदै प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले 'पञ्च पल्लव' एउटा अमूल्य कृति हो, यसले संस्कृति शिरोमणिको गरिमालाई अझ उँचो बनाएको छ भन्नुभयो। 

कार्यक्रममा जोशी रिसर्च इन्स्टिच्युटको तर्फबाट प्रा.डा. जनकलाल वैद्य, ज्ञानकाजी मानन्धर, छत्रबहादुर कायष्ठ र मोहन दुवाललाई सम्मानित गरिएको थियो। 

ग्रन्थका प्रकाशक विनोदराज शर्माले स्वागत गर्नुभएको कार्यक्रममा सांसद नवीन्द्रराज जोशी र सम्मानितहरूको तर्फबाट साहित्यकार मोहन दुवालले पनि बोल्नुभएको थियो।