September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

खेलाडीहरू देशको सार्वभौमिकता जोगाउन सचेत हुनुपर्ने

भक्तपुर, १३ असार। चाँगुनारायण नपा वडा नं. ११ को खाली जग्गामा नेसनल ओलम्पिक एकेडेमी अफ नेपालको आयोजनामा वृक्षरोपण कार्यक्रम सोमबार सम्पन्न भयो।  

'लेट्स ज्वाइन हाण्ड्स टु प्रोटेक्ट अर्थ' को नारा दिएर सुरू गरिएको वृक्षरोपण कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छें (रोहित) ले विरूवा रोपेर गर्नुभएको थियो।  

चाँगुनारायण उमाविको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर सानो जिल्ला भए पनि कला–संस्कृति, परिवर्तनशील साहित्य, इमानदारी्पूर्वक राजनीति गनर्ेे र भ्रष्टाचार नगर्नेमा पनि उदाहरणीय भएको विचार राख्नुभयो।   

वातावरण र पर्यावरण जोगाउनको लागि पनि यस क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्दै उहाँले सरकारमा गएका राजनीतिक दलका नेताहरूले स्थानीय तहलाई  आफ्नो मान्छे भर्ती गर्ने केन्द्र नबनाई इमानदार तथा योग्य व्यक्तिलाई ल्याउन आवश्यक हुनेमा जोड दिनुभयो।   

मन्त्री र स्थानीय तहका कर्मचारीहरू र कार्यकारी अधिकृतहरूले नागरिक भावनाबारे जानकारी राख्न नसकेको हँुदा समस्या उत्पन्न भएको उल्लेख गर्दे अध्यक्ष रोहितले शासक दलहरूले आवश्यक पूर्वाधारविना विदेशीको निर्देशनमा नगर घोषणा गरेकोले जनतालाई भन्दा पनि व्यापारीहरूलाई फाइदा भएको र घोषित नपाहरू अस्तव्यस्त हुन पुगेको बताउनुभयो।  

हाम्रो देश सानो भएको हुनाले ठूलो देशले जहिले पनि आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गरी खेलाडीहरूले पनि सार्वभौमिकता रक्षा गर्न सचेत हुनुपर्ने आवश्यकता औंल्याउदै अध्यक्ष रोहितले देश सैनिक हिसाबले बलियो बनाउन हरेक नागरिकलाई सैनिक तालिमको बन्दोबस्त गराउनको लागि घच्घच्याउनुपर्ने बताउनुभयो।कार्यक्रममा विशेष अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले नेपालका वनजङ्गलमाथि तस्करको आँखा लागेको हुँदा हरियो वन नेपालको धन भन्ने भनाइ अब हरियो वन तस्करहरूको धनजस्तै भएकोले जनता सचेत हुनुपर्ने बताउनुभयो।  

नेपाल सरकारले १८ वर्ष उमेर पुगेका नेपालीहरूलाई सैनिक तालिमको बन्दोबस्त गर्ने हो भने देशको भूभागमा विदेशीले थिचोमिचो गर्न नसक्ने  प्रस्ट पार्नुभयो।  

जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले वनजङ्गलको धेरै आयामबाट महत्त्व रहेको चर्चा गर्दै सभ्य समाजमा ग्रीन सिटी निर्माणको लागि प्रत्येक घरले दुईवटा रूख रोप्नुपर्ने साथै सरकारले भूउपयोगको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो। 

नेसनल ओलम्पिक एकेडेमीका अध्यक्ष ध्रुवबहादुर प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका कार्यकारी प्रमुख लोकनाथ भुसाल, चाँगुनारायण उमाविका प्राचार्य दधिराम गेलाल र सुन्दर खनालले पनि बोल्नुभएको थियो।  

चाँगुनारायण नपा वडा नं. १४ स्थित करिब ५०० रोपनी सार्वजनिक जग्गामा तस्करहरूले करोडौंको वालुवा खानी दोहन र भूमाफिया तथा लागूपदार्थ दुर्व्यसनीहरूले आफ्नो क्रिडास्थल बनाई दुरूपयोग गरेको हुँदा जीवन संरक्षण तथा उपयोगको लागि त्यस ठाउँमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी अत्याधुनिक अस्पताल स्थापनाको लागि नेपाल सरकारसँग पहल गर्न स्थानीयवासीले अध्यक्ष रोहितलाई आग्रह गरेपछि अध्यक्ष रोहितले उक्त क्षेत्रको निरीक्षण गरी जनभावनाअनुसार कार्य गर्न व्यवस्थापिका–संसद तथा नेपाल सरकारसँग आफूले पहल गर्ने आश्वासन दिनुभयो।