संसद बैठक लगातार अवरुद्ध
काठमाडौं, १४ असार। मङ्गलबार दिउँसो ३ः३० बजे बस्ने गरी निर्धारित संसदको बैठक साँझ ५ः३० बजे सारिए पनि भएन। साँझ ५ः३० बजे सूचना टाँस गरी बैठक बुधबार बिहान ११ बजे बस्ने सारियो। भूकम्प पीडितलाई रु. २ लाखको सरकारी अनुदान एकमृष्ट दिनुपर्ने प्रमुख प्रतिपक्षीको माग आएपछि बैठक असार १०, १२ र १३ गते पनि अवरुद्ध भयो। अनुदानबाट छिनोफानो गर्न असार १३ गते एमालेका सुवास नेम्वाङ्ग र भीम रावल, नेकाका कृष्ण सिटौला र प्रकाशसरण महत, माओवादीका कृष्णबहादुर महरा, राप्रपा नेपालका दिलनाथ गिरी साम्मिलित कार्यदल गठन गरिएको थियो। कार्यालयको बैठक मङ्गलबार १२ बजेदेखि मात्र बसेको हुँदा ३ः३० बजेको संसद बैठकलाई साँझ ५ः३० बजेसम्मको लागि सारिएको थियो। रु. २ लाख अनुदानबारे सहमति भएपछि बैठक बुधबार बिहान ११ बजे बस्ने सूचना टाँस गरिएको थियो।
भूकम्प पीडितहरूलाई दिने रु. २ लाख अनुदान दातृ निकायको भएको र दातृ निकायसँगको सहमति नै ३ किस्तामा दिने भएको हुँदा सो अनुदान एक किस्तामा दिन नसक्ने एमालेको दाबी छ। जेठ १५ गते प्रस्तुत आ.व. २०७३/७४ को बजेटमा पनि भूकम्प पीडितलाई दिने रु. २ लाख अनुदानमध्ये रु. ५० हजार दरको पहिलो किस्ता रकममात्र समावेश भएको र रु. २ लाख अनुदान एकमुष्ठ दिने भए बजेटको अङ्क नै परिवर्तन गर्नुपर्ने पनि एमालेको ठहर प्रस्तुत भइसकेको बजेटको अङ्क परिवर्तन गर्नुपर्ने सरकारले नैतिकताको आधारमा राजीनामासमेत गर्नुपर्ने अवस्था आउनेछ। |