September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

वर्षामा राज्यकोष दुरूपयोग रोक्नुपर्ने

काठमाडौं, १७ असार। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदको विशेष समयमा बोल्दै असारको १०–१५ दिनमा विकास निर्माणको रू. ९२ अर्ब बजेट खर्च गर्न लागेको समाचार प्रकाशित भएको र वर्षा मौसममा यति छोटो समयमा करिब १ खर्ब रूपैयाँको विकास निर्माण गर्नु सम्भव नै नभएको उल्लेख गर्नुभयो र जनताको बीचमा विकास निर्माणको नाममा राज्य कोष लुटपाट हुने चर्चा चलिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।  

उहाँले नेपालमा ७५ वर्ग किमिमा फैलिएको २२२३ वटा हिमताल भएको र तीमध्ये २० वटा हिमताल विस्फोटनको जोखिम रहेको उल्लेख गर्दै २०७२ वैशाखको भूकम्पपछि ४–५ हजार ठाउँमा पहिरो गएको इसिमोड भन्ने संस्थासँग प्रतिवेदन भएको र सरकारले हिमताल विस्फोटन, बाढी, पहिरोको सम्भावित क्षेत्रको नाप–नक्सा गरी जनधनको क्षति हुन अगाडि नै रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

सांसद सुवालले प्राकृतिक विपद्बारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न विद्यालय र कलेजको पाठ्यक्रममा राख्नुपर्ने उल्लेख गर्दै छिमेकी देश भारतले खुला सीमाको दशगजामै बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध, १७५० किमि पूर्व–पश्चिम लामो सडकजस्तो बाँधको कारण नेपाली भूमि डुबानमा परेको र जनधनको क्षति भएको हुँदा संसदीय अध्ययन टोली गठन गरी प्रतिवेदन लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

उहाँले नेपाल–भारत सिमाना भएर बग्ने अर्दा नदीले वर्सेनी नेपाली भूमि काटेर भारततर्फ गाभेको उल्लेख  गदै सो भूमि फिर्ता लिन सरकारले कूटनीतिक पहल गर्नुपर्ने विचार राख्नुभयो।  

सांसद सुवालले न्याय परिषद् विधेयक २०७३, मा न्यायाधीशहरू नियुक्तिपत्र लिएर दलको कार्यालयमा नेताहरूलाई भेट्न जानुपर्ने र अदालतको फैसला जालीफटाहाहरूलाई दोहोरो अर्थ लगाउन मिल्ने गरी लेख्न नहुने उल्लेख गर्दै न्यायालयलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने विचार राख्नुभयो।  

सांसद सुवालले राज्य व्यवस्था समितिको बैठकमा हिमताल विस्फोट हुने, बाढी र पहिरो जाने क्षेत्र पहिचान गरी त्यसबाट प्रभावित हुने क्षेत्रमा बस्ती बसाल्न नहुने उल्लेख गर्नुभयो।  

राज्य व्यवस्था समितिमा इसिमोडका विज्ञहरूले सम्भावित हिमताल विस्फोट, बाढी, पहिरोबाट प्रभावित क्षेत्रहरूबारे जानकारी गराउनुभएको थियो।