September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

दुग्ध खाद्य महोत्सव हुने

काठमाडांै, २१ असार। राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा बुधबार दूग्ध खाद्य महोत्सव हुने भएको छ। 

बोर्डले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीलाई निःशुल्क दूध तथा दुग्धजन्य पदार्थको सेवन गराई कार्यक्रम गरिने जानकारी दिएको हो। 

बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले मुलुकमै यस्तो फेस्टिबलको आयोजना गर्न लागिएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, 'दूध एक पूर्ण खाद्यपदार्थ हो। यसमा शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ। त्यसैले बाल्यकालदेखि नै दूध पिउने बानी लगाउन सक्यो भने उमेर बढ्दै जाँदा त्यसले फाइदा पुर्‍याउँछ।” 

सरकारले प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोगको मापदण्ड तोके पनि अहिले प्रतिव्यक्ति ६४ लिटर उपभोग हुने गरेको बोर्डको तथ्याङ्क छ। दुग्ध विकास संस्थानमा दैनिक दुई लाख २५ हजार लिटर कच्चा दूधको माग हुनेमा दुई लाख ७५ हजार लिटर दूधको आपूर्ति हुने गरेको छ। यसैगरी निजी उद्योगमा प्रतिदिन पाँच लाख ५० हजार लिटर कच्चा दूध माग हुँदै आएकामा छ लाख लिटरको आपूर्ति हुने गरेको तथ्याङ्क बोर्डको छ। 

कूल उत्पादनको १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट खरिद बिक्री हुँदै आएको छ भने ३५ प्रतिशत निजीस्तरमा मिठाइ पसल, चिया पसल, लज/रेस्टुराँमा खपत हुन्छ। बाँकी ५० प्रतिशत भने किसान आफैले उपभोग गर्दछन्। 

उद्योगीले सङ्कलन गरेको दूधमध्ये करिब ९५ प्रतिशत दूध प्रशोधित दूधका रुपमा बिक्री वितरण हुन्छ भने बाँकी दुग्ध पदार्थका रुपमा आइसवि्र्कम, चीज, खुवा, पेडा, बर्फी, पनिरलगायत बनाई बिक्री वितरण गरिन्छ।