September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अनुगमन टोलीमाथि दुर्व्यवहार गर्नेका ढक तराजु नै अवैधानिक

काडमाडौं, असार २१। बल्खु तरकारी बजारका व्यापारीले  अवैधानिक रुपमा प्रयोग भएको ढक तराजु जफत गर्न खोज्दा अनुगमनमा खटिएको विशेष सरकारी टोलीमाथि हातपात भएको छ। सरकारी अनुगमन टोलीले बल्खु तरकारी बजारमा प्रयोग भइरहेको दर्ता प्रमाण पत्र नभएको अवैधानिक एक सय वटा जति डिजिटल ढक तराजु पनि जफत गरेको छ। 

जफतको क्रममा व्यापारीले आपूर्ति व्यवस्थापनका कर्मचारी, गुणस्तर तथा नापतौल विभागका कर्मचारी, उपभोक्ता हित मञ्चका प्रतिनिधि र विभिन्न मिडियाका पत्रकारमाथि बन्दा, मुला, आलु, काँक्रालगायतका तरकारीले प्रहार गरेका हुन्। 

चार वर्ष अगाडिदेखि सञ्चालनमा आएको तरकारी बजारमा अहिले प्रयोग भइरहेको अधिकांश ढक तराजु दर्ता नै नभएका र भएका पनि पुनः नवीकरण नभएको अनुगमनमा फेला परेको छ। अनुगमन टोलीले एकपटक दर्ता भएका ढक तराजुलाई तीन दिनभित्र नवीकरण गर्न समेत निर्दशन दिएको छ। अवैधानिकरुपमा प्रयोग भएका ढक तराजु भने जफत भएका छन्। 

जफत गरिएको ढक तराजु कानुनी प्रवि्र्कयामा लैजाने नापतौल तथा गुणस्तर विभागका अनुगमन अधिकृत कमल ओझाले बताए। 

नापतौल ऐनमा अनुगमनमको क्रममा कुनै पनि व्यापारीले नापक यन्त्र प्रयोग गरी नापतौलमा घटीबढी गरको अवस्थामा फेला परे सामानको जफत, जेल सजाय र एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था अनुसार नै आफू अगाडि बढ्ने उनले बताए। 

आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा आपूर्ति व्यवस्थापन विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग, उपभोक्ता हित मञ्चको टोली मङ्गलबार बिहान बजार अनुगमनमा निस्केको थियो। 

बजारमा उपभोक्ता सधैं ठगिन परेको गुनासो बढेपछि मन्त्रालयले विशेष एक साताको अनुगमन मङ्गलबारबाट सुरु गरेको हो। 

मन्त्रीकै निर्देशनमा भएको अनुगमन टोलीमाथि पहिलो दिनमै तरकारी व्यापारीले हातपात गरेका हुन्। 

अनुगमन टोली पहिले उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीको अनुगमन गर्न पुगेको थियो। त्यहाँ बजार अस्तव्यस्त, दुर्गन्धित र सामान्य मानवीय कर्तव्य समेत पूरा नगरेको भन्दै मन्त्री पुनले बजार व्यवस्थापकलाई तीन दिनभित्र बजारको सरसफाई गर्न निर्देशन दिएका छन्।