September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भोटेकोसीमा भीषण बाढी आउनुको कारण तिब्बती क्षेत्रमा 'हिमताल विस्फोटन'

काठमाडौं, २३ असार। सिन्धुपाल्चोकको भोटेकोसीमा मङ्गलबार राति भीषण बाढी आउनुको कारण तिब्बती क्षेत्रमा 'हिमताल विस्फोटन' भएको विज्ञहरूले बताएका छन्। साधारण वर्षाले बाढी आउँदा नदीमा पानीको सतह विस्तारै बढ्छ। भोटेकोसीमा आएको बाढी भने केही मिनेटमै ह्वात्तै बढेको थियो। पानीमा गेग्रानसहितको लेदो पनि थियो। लेदोले वरिपरिका ठाउँमा दुर्गन्धसमेत फैलाएको थियो। यस्तो दुर्गन्धित लेदो सामान्यतया हिमताल फुट्दा आउने बाढीमा हुने जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी बताउँछन्। 

हिमतालबाट आउने बाढीमा अध्ययन गरेका द्विवेदीका अनुसार लेदोयुक्त बाढी आउनुमा तीन कारण हुनसक्छन्। पहिलो, हिमाली क्षेत्रमा हिमनदीले माटोका साना कणदेखि ठूल्ठुला ढुङ्गासम्म जम्मा पारेर राखेको हुन्छ। यस्तो ठाउँमा घनघोर पानी पार्दा त्यही माटो ठूला ढुङ्गा, रुखपातसमेतलाई बगाउँदै लेदो बन्छ र ग्रेगानका रूपमा तल्लो सतहमा बग्न थाल्छ। भारतको बद्रीकेदारनाथमा तीन वर्षअघि यही कारणले बाढी आएको थियो। 

'यसरी बाढी आउन तिब्बती क्षेत्रमा लामो समय घनघोर वर्षा हुनुपर्छ,' द्विवेदीले बिहीबार  भने, 'जाक्सा ग्लोबल रेनफल वाचले भू–उपग्रहबाट नापेको वर्षाको मात्रा हेर्दा पछिल्लो समय तिब्बती क्षेत्रमा १.२ मिलिमिटर प्रतिघण्टाको दरले मात्र पानी परेको देखिन्छ, जुन यस्तो भीषण बाढी ल्याउने क्षमताको होइन। त्यसैले, हिमनदी क्षेत्रमा ठूलो पानी परेर भोटेकोसीमा बाढी आएको हुनसक्दैन।' 

दोस्रो, कहिलेकाहीं पहिरो गएर ठूला नदीहरू थुनिन्छन्। यसले नदीमा ताल बन्छ। यही ताल अकस्मात् फुट्दा यस्तै लेदोयुक्त बाढी आउनसक्छ। दुई वर्षअघि सिन्धुपाल्चोककै जुरे पहिरोले लगभग १२ घण्टा सुनकोसी नदी थुनेको थियो। थुनिएको ठाउँभन्दा तल्लो तटमा अलिअलि धमिलो पानी देखिए पनि नदी सुख्खा थियो। जब पहिरोले बनाएको बाँधभन्दा माथिबाट पानी बग्न थाल्यो, त्यसपछि बल्ल सुनकोसीको बहाव बढ्यो। नदीको बहावले आफैं बाँध खियाउन नसकेर पछि विस्फोट गर्नुपरेको थियो।