नेमकिपाका सांसदहरूद्वारा मन्त्रीहरूलाई प्रश्न
काठमाडांै, २४ असार। व्यवस्थापिका–संदको बैठकमा विनियोजन विधेयकमाथिृको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम शुक्रबार पनि चालू रह्यो।
उद्योग, कानुन, न्याय तथा संसदीय महिला, युवा तथा खेलकूद, शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भू–संरक्षण, ऊर्जा, सहकारी तथा गरिवी निवारण, महिला–बालबालिका तथा समाज कल्याण, रक्षा परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्रीहरूले सांसदहरूद्वारा उठाइएका प्रश्नहरूको जवाफ दिनुभयो।
सो क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रक्षा मन्त्रीसँग नेपाल–भारतको खुला सीमा नियमित गरी नेपाली सेनालाई सीमामा राख्नेबारे मन्त्रालयको कार्यक्रम के रहेको छ भन्ने जिज्ञासा राख्नुभयो।
उहाँले नेपाली सेनालाई शान्ति सेनामा पठाउनुभन्दा जलविद्युत् आयोजनाको जिम्मा दिए लोडसेडिङ अन्त्य हुने र देशमा ऊर्जा सङ्कट समाधान गर्नेबारे मन्त्रालयको योजना के छ भन्ने अर्को जिज्ञासा राख्नुभयो।
सांसद डिल्लीप्रसाद काफ्लेले ऊजा मन्त्रीसँग तेर्हौं योजनामा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख गरिएका जलविद्युत् आयोजनाहरू हालसम्म निर्माण भई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा किन जोडिएनन्, निर्माण नहुनुमा दोषी को–को हुन्, तिनीहरूलाई के–के कारबाही गरियो? भन्ने प्रश्न उठाउनुभयो।
पार्टीका अर्का सांसद अनुराधा थापामगरले परराष्ट्र मन्त्रीसँग मन्त्रालयले भारतका लागि नेपाली राजदूतले देशको हितअनुसार काम नगरेको भनी फिर्ता बोलायो तर नेपालको सार्वभौमिकता, नेपालको आन्तरिक मामिला, राष्ट्रिय एकतामा खलल पुर्याउने काम नेपालका लागि भारतका राजदूत रञ्जित रेलाई फिर्ता पठाउन नसक्नुको कारण के हो? भन्ने प्रश्न राख्नुभयो। सांसदहरूले उठाइएका प्रश्नहरूको जवाफ मन्त्रीहरूले चित्तबुझ्दो रुपमा दिन सकेका थिएनन्।
बैठक शनिबार १ः०० बजेसम्मको लागि स्थगित गरिएको छ।
|