September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

इसानद्वारा शिक्षक तालिम

भक्तपुर, २४ असार। संस्थागत विद्यालय संघ नेपालले विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरूको तालिम गरेको छ।  

इसानले शुक्रबार विज्ञान विषयमा कक्षा ८ देखि १० सम्म अध्यापन गराउने शिक्षकको तालिम सम्पन्न गरेको छ भने पूर्वप्राथमिक तहका शिक्षकको तालिम शनिबार पनि सञ्चालन हुनेछ।  

मावि तहको तालिमको उद्घाटन मन्तव्य राख्दै इसानका पूर्व अध्यक्ष तथा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले समाजमा वैज्ञानिक चिन्तनको विकास गर्न शिक्षकको भूमिका महत्त्वपूर्ण र 

     हने धारणा राख्नुभयो। उहाँले परम्परागत ज्ञानमा विज्ञानका सिद्धान्त लुकेको भन्दै विद्यार्थीलाई परियोजना कार्य दिएर अनुसन्धान सिकाउनुपर्ने विचार राख्नुभयो।  

मावि शिक्षकको तालिममा इसानका महासचिव पुरुषोत्तम ग्वाछा, इसानका केन्द्रीय सदस्य राम कासुलाले पनि बोल्नुभएको थियो। विज्ञान शिक्षकको तालिम लेखक चिन्तामणी पन्थीले सञ्चालन गर्नुभएको थियो। 

त्यस्तै पूर्व प्राथमिक तहका शिक्षकको तालिमको उद्घाटन इसानका अध्यक्ष प्रेमजन थापाश्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा तालिम संयोजक कर्ण प्रजापति र श्रीकृष्ण श्रेष्ठले शुभकामना दिनुभएको थियो। तालिम लेखक सानु अमात्यले सञ्चालन गर्नुभएको थियो।