September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

निःशुल्क मोतिबिन्दु शल्यक्रिया हुने

भक्तपुर, ६ भदौ। भक्तपुर जिल्लाका २ सयभन्दा बढी मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भदौ ११ र १२ गते जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहमा हुने भएको छ। 

सामुदायिक आँखा सेवा केन्द्र च्याम्हासिंहका अप्टिसियन धिरज अधिकारीले दिनुभएको जानकारीअनुसार यसअघि विभिन्न स्थानमा भएका आँखा जाँच शिविरबाट पहिचान भएका मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुन लागेको हो। 

शल्यक्रिया शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ। शिविरमा तिलगंगा आँखा अस्पतालका चिकित्सकहरूले बिरामीको शल्यक्रिया गर्नुहुनेछ। 

सामुदायिक आँखा सेवा केन्द्र, तिलगंगा आँखा अस्पताल, भक्तपुर नगरपालिकालगायतको सहकार्यमा आँखा जाँच शिविर र मोतिबिन्दु शल्यक्रिया हुन लागेको हो।