September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ब्रह्मायणी प्रा.वि.मा वि.व्य.स. गठन

भक्तपुर, ६ भदौ। ब्रह्मायणी प्राविमा शिक्षा ऐन २०२८ संशोधन २०७३ मा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति गठनार्थ विद्यालय निरीक्षक निरौलाको अध्यक्षतामा अभिभावक भेला भयो। 

अभिभावक भेलामा अतिथि विमलप्रसाद निरौलाले भक्तपुर सबैको मेहनतले शिक्षा क्षेत्रमा अगाडि बढिरहेको बताउनुभयो। उहाँले विद्यालयको चौतर्फी विकासमा वि.व्य.स.को अहम् भूमिका हुने औंल्याउनुभयो। 

विद्यालयका संस्थापक मोहनप्रसाद प्रजापतिले ब्रह्मायणी मन्दिरमा विद्यालय स्थापना गरी टोलका शिक्षाप्रेमी तथा समाजसेवीहरूको सामूहिक प्रयासबाट आज आफ्नै भवन बनाउन सफल भएको बताउनुभयो। अर्का संस्थापक ज्ञानसागर प्रजापतिले विद्यालयको प्रगति गर्न शिक्षकहरूले जागिरे मानसिकता त्यागेर सेवा भावले काम गर्नुपर्ने धारणा राख्नुभयो। 

नवगठित वि.व्य.स. को अध्यक्षमा मोहनप्रसाद प्रजापति, सदस्य सचिवमा तीर्थलक्ष्मी धन्छा, सदस्यहरूमा राजेश पिष्टी, बुद्धिसागर प्रजापति, लक्ष्मी भारती, सर्मिला प्रजापति, मीरा खाइतु, छोरीमंैया प्रजापति र तारा जोन्छें रहनुभएको छ। 

प्र.अ. तीर्थलक्ष्मी धन्छाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अभिभावकहरू लक्ष्मी भारती, सर्मिला प्रजापति, मीरा खाइतु, सुरेश लामा र शिक्षिका इन्दिरा कोइरालाले पनि बोल्नुभयो।