तारा माविमा प्रवोधिकरण कार्यक्रम
भक्तपुर, ६ भदौ। तारा माविमा त्क्ीऋ क्ष्ल ऋय्कउगतभच भ्लनष्लभभचष्लन विषयको प्रवोधिकरण सिटीईभिटी का निर्देशक दोब्बरलाल शिलाकारको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भयो।
कार्यक्रममा अतिथि शिलाकारले त्क्ीऋ क्ष्ल ऋय्कउगतभच भ्लनष्लभभचष्लन विषयको महत्त्व आजको सूचना तथा सञ्चार प्रविधिको युगमा धेरै भएको बताउनुभयो। कार्यक्रमका अतिथि सिटीईभिटी का वरिष्ठ अधिकृत लक्ष्मण कवांले यस विषयको अध्ययनले प्रविधि विषयमा उच्च शिक्षा हासिल गर्न अवसर प्रदान गर्ने स्पष्ट पार्नुभयो।
विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखुले विभिन्न सरकारी तथा निजी सङ्घ/संस्थामा सजिलैसँग रोजगारी पाउने भएकोले यस विषयको अध्ययन गर्न सुझाव दिनुभयो। विद्यालयका शिक्षक रामगोपाल त्वायना, कार्यकमका संयोजक शिक्षक गणेश रञ्जित र शिक्षक राकेश खाताखोले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो। |