September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नेमकिपाले प्रखर प्रतिपक्षीको भूमिका चालू राख्ने

काठमाडौं, ७ भदौ। नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले संसदमा प्रतिपक्षी दलहरूको सिंहदरबारमा भएको बैठकमा नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा संसदमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि पार्टीले प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने विचार राख्नुभयो।सांसद सुवालले सरकारमा भएका दलका नेताले नै ओली सरकारको विरोध गरेको प्रसङ्ग उठाउँदै अविश्वासको प्रस्तावसँगै सरकारमा भएका दलहरू मन्त्री पदबाट राजीनामा गरी निस्कने कच्चा सहकार्य गरिएको उल्लेख गर्नुभयो।  

प्रमुख प्रतिपक्षी एमालेले अगुवाइ गरेको सो बैठकमा निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले सरकार सञ्चालन गर्न बहुमत भए पुग्ने तर संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक हुने उल्लेख गर्दै सरकारले स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनलगायत देश र जनताको हितका अन्य विषयबारे छलफल नगर्ने र झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर पहाडबारे अलग गर्ने र प्रदेश नं. ५ मा तराई र पहाड अलग गर्ने गरी संविधान संशोधनबारे सरकारसँग छलफल नहुने बताउनुभयो। 

उहाँले संविधान संशोधनमा मनाउन आइतबार दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, वीरेन्द्र मिश्रलगायत चार जना आएको उल्लेख गर्दै भारतीय प्रबुद्ध समूहका संयोजक भगतसिंह कोसिपारीले पनि कृत्रिम नागरिकलाई पदाधिकारीमा जान पाउने व्यवस्था गर्न नमान्दा 'बहुत जिदीवाला' भनी आरोप लगाएको बताउनुभयो।  

निवर्तमान प्रधानमन्त्री ओलीले बजेट बनाउँदा माओवादीले आफूसँग माथिल्लो तामाकोसीको ८ अर्ब ६० करोड रुपैयाँको शेयर मागेको नदिंदा सरकारबाट बाहिरिएर अविश्वास प्रस्तावमा लागेको उल्लेख गर्दै भूकम्प पीडितलाई अनुदान भारतीय राजदूतावासबाट सिधैं बाँड्न लगाउने उपप्रधानमन्त्री निधीको काम देश हितविपरीत हुने उल्लेख गर्नुभयो।  

राजमोका अध्यक्ष चित्रबहादुर केसीले संविधान बन्न नदिने र ओलीको नेतृत्वमा सरकार बनाउनै नदिने विदेशी तत्त्व हार खाएको तर सरकारमा बसेर तर मार्न नै अविश्वासमा गएको बताउनुभयो।  

राप्रपा नेपालका दिलनाथ गिरीले २०४६ साल माघ ७ गतेसम्म तीनवटै चुनाव नभए देश दुर्घटनामा पुग्ने बताउनुभयो। 

मालेका सीपी मैनाली २००७ सालमा संविधानसभामा भएको भए देश सिक्किम भइसक्ने बताउनुभयो। 

राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका शिवलाल थापाले एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।  

मधेस समता पार्टी नेपालका मेघराज नेपाली निषादले आफूलाई विदेशीहरूले सोल्टी होटलमा बोलाएर मन्त्रीबाट राजीनामा गर्न दबाब दिइएको बताउनुभयो।