September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ऐलानी जग्गा दललाई दिने निर्णय खारेज गर्न ट्रान्सपरेन्सीको माग

काठमाडौं, १० भदौ। पर्सा जिल्लास्थित चिनी मिल नजिकको सार्वजनिक जग्गा नेकपा (माओवादी केन्द्र) को नाममा दर्ताको लागि सिफारिस गरिएकोले खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले माग गरेको छ। 

स्थानीय सिफारिस समितिले ऐलानी जग्गा दलका नाममा दर्ता गर्न गरेको निर्णय आम सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो। यो तथ्य सार्वजनिक भएलगत्तै ट्रान्सपरेन्सीले खारेजीको माग गरेको हो। 

देशमा सयौं दलका सञ्जाल गाउँ, गाउँ र नगरमा फैलिएकोले दललाई ऐलानी जग्गा दिने परम्परा सुरू गर्दा परिणाम भयानक हुनेतर्फ ट्रान्सपरेन्सीले सरकार र सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। 

सत्ताको नेतृत्व गरेको दललाई जग्गा दिने निर्णयले अझ नराम्रो सङ्केत गर्ने ट्रान्सपरेन्सीले जनाएको छ। यो निर्णय तत्काल खारेज गर्न अध्यक्ष भरतबहादुर थापाले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमार्फत माग गर्नुभएको छ।