September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

वागीश्वरीमा 'चिनियाँ सपना'बारे अन्तरक्रिया

भक्तपुर, १० भदौ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा वागीश्वरी उमाविमा 'चिनियाँ सपना' पुस्तकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेंले वर्तमान चीनको प्रगति माओ त्सेतुङ विचारधाराकै जगमा भइरहेको प्रस्ट पार्दै शिक्षकहरूको अध्ययन शैलीको विकासबाट हाम्रा विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।  

चिनियाँ नेता र कार्यकर्ताहरूमा पिपुल्स डेलीको सम्पादकीय पढ्ने र त्यसबारे गहन छलफल गर्ने संस्कार आफूले चीन जाँदा धेरै वर्ष अगाडि पाएको चर्चा गर्दै उहाँले त्यो संस्कार हामीले बसाल्ने प्रयास गर्नुपर्छ भन्नुभयो।  

चिनियाँ अर्थतन्त्रको तीव्र विकास र वृद्धिबारे यहाँका प्राध्यापकहरूसमेत बेजानकार हुनु दुःखको कुरा हो भन्दै उहाँले हालको चिनियाँ नेतृत्व योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको कुरा तथ्य–तथ्याङ्कले प्रस्ट भएको विचार राख्नुभयो।  

चीनले कहिल्यै कसैलाई 'पछाडि पार्ने', 'पछार्ने' जस्ता शब्द प्रयोग नगरी 'सँगै जाऔंला' भन्ने कूटनीतिक भाषा प्रयोग गरी अगाडि बढिरहेको चर्चा गर्दै उहाँले चीनको सपनाले विश्व नै लाभान्वित हुनसक्ने औंल्याउनुभयो।  

यसै सन्दर्भमा उहाँले अगाडि भन्नुभयो, 'बीचमा कुनै बाधा व्यवधान आएन भनेमात्र त्यो सम्भव छ तर भारत–अमेरिका आणविक सन्धि, दक्षिण चीन सागर विवाद, हिन्द महासागरमाथि यसको दावीजस्ता विवादहरू त्यसका बाधक हुनसक्छन्।' 

चीनले आफ्नो सपना साकार पार्न चिनियाँ विद्यार्थी विदेशमा अध्ययन गर्न पठाएको र विदेशबाट योग्य शिक्षक चीनमा ल्याई अध्यापन 

गराएको शिक्षा सिक्न योग्य भएको चर्चा गर्दै उहाँले चीनमा धनी र गरिबबीचको दुरी बढेकोमा चिनियाँहरू चिन्तित रहेको बताउनुभयो।  

आयोजक समितिका अध्यक्ष दामोदर सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले चिनियाँ कम्युनिष्ट पार्टीको सही विचारको नेतृत्वको कारण देशको तीव्र विकास हाँकेको उल्लेख गर्दै देशको विकास सही राजनीतिक नेतृत्वमा भरपर्ने विचार व्यक्त गर्नुभयो।  

प्राचार्य कृष्णप्रसाद धन्छालगायत शिक्षकहरू पीयूषराज गोसाई, बालगोपाल श्रेष्ठ, विश्वराम प्रजापति, भानुभक्त हुमागाइँ, भगवती आचार्य, विश्वेश्वर मानन्धर, अर्चना सुवाल, गङ्गादत्त भट्ट, नवीन्द्रलाल कर्माचार्य, ज्ञानेन्द्र श्रेष्ठ, श्रीया पहिजू, धनेशराज राजोपाध्यायले पनि पुस्तकमा प्रकाशित विभिन्न लेखहरूमा आ–आफ्नो धारणा राख्नुभएको थियो।