September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

वकिलहरूद्वारा भक्तपुर काण्डको स्मरण

भक्तपुर, १० भदौ। कानुन अध्ययन समाजको आयोजनामा भक्तपुर काण्डको स्मरणमा एक कार्यक्रम बिहीबार भयो। 

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं कानुन अध्ययन समाजका संस्थापक अध्यक्ष सुनिल प्रजापतिले नेमकिपालाई समूल नष्ट गर्ने षड्यन्त्र गरेको पञ्चायती व्यवस्था आफै अन्त्य भएको बताउनुभयो। नेपाल बारका विभिन्न एकाइहरूको निर्वाचनमा कानुन अध्ययन समाजको तर्फबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं परिचयात्मक कार्यक्रमसमेत भएको सो भेलामा उहाँले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं मार्गनिर्देशन गर्नुभयो। समाजका भक्तपुर जिल्ला अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भएको भेलामा समाजका केन्द्रीय अध्यक्ष रामप्रसाद प्रजापति, निवर्तमान अध्यक्ष विकल प्रजापति, शिवराम बोहजू, गम्भीरमान ज्याख्व र नवनिर्वाचित वार एकाइका पदाधिकारीहरूको तर्फबाट रामप्रसाद मानन्धर, विष्णुप्रसाद सुवालले पनि बोल्नुभएको थियो।