September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

काभ्रेमा भक्तपुर काण्ड स्मरण

काभ्रे, ११ भदौ। निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको भक्तुर काण्ड कालो दिवस भदौ ९ को स्मरणमा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा एक प्रवचन कार्यक्रमको आयोजना गर्‍यो।  

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कहिलेकाहीं राम्रो कामले नराम्रो परिणाम र नराम्रो कामले राम्रो परिणाम आउनसक्नेतर्फ सचेत भई पार्टी कार्यकर्ताहरू हरेक परिणामका लागि तयार हुनुपर्ने विचार राख्दै सन्तुलित ढङ्गले काम गर्न सकेनौं भने परिणाम प्रतिकूल आउनसक्ने हुनाले नयाँ पुस्तालाई तयार गर्न कूटनीतिलगायतका ज्ञान दिनुपर्ने विचार राख्नुभयो।  

राजनैतिक रूपले सचेत नभएका मानिस अन्धो बराबर हुने भएकोले अध्ययन, चिन्तन–मननमा पार्टी कार्यकर्ताहरूले जोड दिनुपर्ने उहाँले बताउनुभयो।  

उहाँले भन्नुभयो, 'राजनैतिक कार्यकर्ता हुनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय, अर्थशास्त्र, कानुन, राजनीतिशास्त्रको ज्ञान हुनुपर्ने र परिवारलाई पनि राजनीतिक र सांस्कृतिक रूपमा तयार गर्नुपर्ने बताउनुभयो।  

इमानदार पार्टी कार्यकर्ताहरूलाई अनेक लोभ–लालचमा फसाउन सक्ने, जालझेल–षड्यन्त्र हुने भएकोले आफ्नो कार्यप्रति निरन्तर क्रियाशील र कतिबद्ध हुनेहरूमात्र लक्ष्यमा सफल हुने उदाहरण दिंदै कार्यकर्ताहरूल साथीहरूले कर्मलाई तपस्याकै रूपमा लिनुपर्ने कुरामा जोड दिनुभयो।  

नेक्राकिसङ्घका केन्द्रीय सदस्य नारायणबहादुर दुवालले प्रतिकूल अवस्थामा पार्टीका साथीहरूको वास्तविक परीक्षण हुने कुरा भक्तपुर काण्डले हामीलाई सिकाएको कुरा बताउनुभयो।  

नेमकिपा, काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले सभापतित्त्वको आसनबाट बोल्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भक्तपुर काण्डजस्तै षड्यन्त्रहरू भएको कुरा बताउँदै निरन्तरको सङ्घर्षले त्यस्ता षड्यन्त्र एकदिन पर्दाफास हुने तथ्य औंल्याउनुभयो।  

कार्यक्रममा पुण्यशोभा श्रेष्ठ, ऋषिराम दुलाल, सुमन न्यौपाने, कृष्णबहादुर तामाङ, लक्ष्मीराम न्हुछे प्रधान, त्रिरत्न सायमीलगायतले बोल्नुभएको थियो।