September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

प्रगतिशील साहित्य अध्ययन समूह कीर्तिपुरद्वारा कालो दिवसमा कार्यक्रम

कीर्तिपुर, ११ भदौ। प्रगतिशील साहित्य अध्ययन समूह कीर्तिपुरको आयोजनामा शनिबार पञ्चायती राज्यस्तरबाट तात्कालीन नेमकिसंलाई निर्मूल गर्न रचिएको भक्तपुर काण्ड(भाद्र ९) को स्मरणमा प्रशिक्षण कार्यक्रम भयो।  

कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले भक्तपुर काण्डमा जनताले पाएको दुःखको विषयमा लेखिन अझै धेरै बाँकी रहेको बताउनुभयो।  

उहाँले पञ्चायती सरकारले नेमकिपाका नेता–कार्यकर्तासँग जफत गरेका पुस्तक र साहित्य फिर्ता नगर्दा पार्टीको इतिहास व्यवस्थित गर्न गार्‍हो भएको बताउनुभयो।  

वर्ग शत्रुहरूले अझै पनि अनेक जालझेल गरी जनताका इमान्दार कार्यकर्ताहरूलाई दुःख दिन सक्नेमा सचेत हुनु पर्ने उहाँको भनाई थियो।  

नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानले भक्तपुर काण्डको क्रममा महिलाहरूले भोग्नु परेका सङ्कटको चर्चा गर्दै भन्नुभयो,'त्यत्तिबेलाको अवस्था सम्झँदा महिलाहरू राजनीतिक र सामाजिक रुपमा अझ सक्रिय हुनुपर्ने अनुभव हुन्छ।' 

घटना भक्तपुरमा भए तापनि देशैभरिका नेमकिपाका कार्यकर्ताहरूलाई दुःख दिनु र जिल्ला अदालतमा चल्नुपर्ने मुद्दा विशेष अदालतमा चलाइनुले पनि त्यो षड्यन्त्र भएको पुष्टि भएको उहाँको भनाइ थियो।  

'आजका शासक वर्गले पनि नेमकिपालाई अहिले पनि हिजो पञ्चहरूले हेर्ने आँखाबाटै हेर्ने गरेका छन्', प्रधानले भन्नुभयो।  

नेमकिपा कीर्तिपुरका कार्यकर्ता श्रीकृष्ण महर्जनले भक्तपुर काण्डको समयमा प्रहरी प्रशासनले कीर्तिपुरका जनतालाई दिएको विगत स्मरण गर्दै भन्नुभयो,'तर त्यत्तिबेला पञ्चायती व्यवस्थासँगै आफूलाई वाम र प्रगतिशील भन्ने शक्तिहरू समेत नेमकिपालाई सिध्याउने खेलमा लागेका थिए।' 

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले भक्तपुर काण्डलाई भक्तपुरसँग मात्र हेर्नु गल्ती हुने बरु त्यो नेमकिपाको देशभरिकै संगठनलाई नष्ट गर्ने अभिप्रायले रचिएको षड्यन्त्र भएको बताउनुभयो।  

आयोजक समितिका अध्यक्ष युवराजविक्रम शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेक्रायुसङ्घका केन्द्रीय सचिव शङ्कर भण्डारी, नरेशकुमार शाही र कमला विकले पनि बोल्नुभएको थियो।