September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ख्वप्रिङको १६ औं साधारणसभा

भक्तपुर, ११ भदौ। ख्वप्रिङ इ. एकेडेमीको १६ औं साधारणसभा शनिबार सम्पन्न भयो।  

सो अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष एवं विद्यालयका सल्लाहकार ज्ञानसागर प्रजापतिले शैक्षिक संस्थालाई नाफामुखी नभई सेवामुखी दृष्टिले सञ्चालन गर्न सुझाव दिनुभयो।  

सरकारले यसै वर्षभित्र देशमा २०० वटा सामुदायिक विद्यालयलाई नमुना घोषणा गर्ने कार्यक्रम सार्वजनिक भएको चर्चा गर्दै उहाँले नमुना सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गर्न अब संस्थागत विद्यालयले ठूलो मेहनत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

विद्यालयका अर्का सल्लाहकार लक्ष्मीप्रसाद ढुकुछूले गुणस्तरीय शिक्षाको लागि शिक्षकहरूलाई समय सुहाउँदो तालिम सञ्चालन गरिरहनुपर्नेमा जोड दिनुभयो।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा भएको सो सभामा विद्यालयका पूर्वअध्यक्ष दीपेन्द्र प्रजापति, प्रिन्सिपल विनोद प्रजापति र लेखा अधिकृत मीरा प्रजापति, विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद प्रजापतिले पनि बोल्नुभएको थियो।