September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुर काण्ड र समसामयिक राजनीतिबारे प्रवचन

भक्तपुर, ११ भदौ। नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार 'भक्तपुर काण्ड र समसामयिक राजनीति' बारे प्रवचन कार्यक्रम भयो।  

कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले पञ्चायती बन्दोबस्तभित्रै पसेर पञ्चायतलाई खत्तम गर्ने नेमकिपाको नीतिबाट तर्सेर पञ्चायती व्यवस्था दमनमा उत्रेको बताउनुभयो।  

उहाँले भक्तपुर काण्डलाई सन् १९३३ मा भएको जर्मन संसदको आगलागी काण्डसँग तुलना गर्नुभयो। राइस्टाग आगलागी काण्ड नामले चिनिने जर्मन संसदको आगलागी काण्डमा नाजीवादीहरू स्वयंले संसदमा आगो लगाएर कम्युनिष्टहरूलाई दमन गरेको उहाँले बताउनुभयो।  

'नेमकिपाका कार्यकर्ताहरूलाई दमन गर्न सर्वसाधारण जनतालाई समेत दुःख दिंदा अन्ततः पञ्चायती व्यवस्था नै अन्त्य भयो', उहाँले भन्नुभयो। 

सचिव प्रजापतिले नेमकिपाले पञ्चायती व्यवस्था होस् वा बहुदलीय व्यवस्थामा पनि देश र जनताको पक्षमा लगातार सङ्घर्ष गरिरहेकोमा जोड दिनुभयो।  

नेमकिपा भक्तपुर जिल्ला समितिका एनबी फोजूले भक्तपुर काण्डको समयमा भूमिगत र प्रवासको जीवन बिताएका कार्यकर्ताहरूले निकै मानसिक यातना भोग्नुपरेको स्मरण गर्नुभयो।  

नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले सूर्यविनायक नपामा भइरहेका विकास निर्माणका गतिविधिबारे जानकारी दिनुभयो। आयोजक समितिका अध्यक्ष सुरेश बखुन्छेंको सभापतित्वमा भएको कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका राजु कैती, युवाहरू रोशन मचामसी र रोमा तामाङले बोल्नुभएको थियो।