मोबाइल वितरक सङ्घको क्षेत्रीय शाखा विस्तार
धनगढी, १३ भदौ। नेपाल मोबाइल वितरक सङ्घको क्षेत्रीय शाखा विस्तार गर्दै जाने उद्देश्यअनुसार सङ्घका द्वितीय उपाध्यक्ष एवं संयोजक रोशन भोयद्योको पहलमा सुदूर पच्छिमाअञ्चल शाखा धनगढीमा रामचन्द्र पाण्डेको सभापतित्वमा भेला सम्पन्न भयो।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंखर बोगटीले मोबाइल वितरक सङ्घका अध्यक्ष माधवप्रसाद रिजालले सङ्घका महासचिव रघु त्रिपाठीले सङ्घ स्थापना गर्नुको उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो।
भेलाबाट जितेन्द्र बोगटीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरियो। शाखा विस्तार समितिका संयोजक रोशन भोयद्योका अनुसार यसअघि पूर्वाञ्चलको इटहरीमा भएको भेलाले प्रणय तोडीको अध्यक्षतामा पच्छिमाञ्चलको पोखरामा शिवराम पहाडीको अध्यक्षतामा, मध्यमाञ्चल हेटौंडामा दिवस तिवारीको अध्यक्षतामा र बुटवलमा रिन्कु लिगलको अध्यातामा ११ सदस्यीय समिति गरिएको थियो।
|