भक्तपुर काण्ड राज्यस्तरको षड्यन्त्र
कैलाली, १४ भदौ। नेमकिपा कैलालीको आयोजनामा भदौ ९ को भक्तपुर काण्डको स्मरणमा लम्की चुढा नपा लम्कीमा जनसभा भयो।
जनसभा प्रमुख अतिथि नेमकिपा केन्द्रीय सदस्य खगेन्द्र शाहीले भक्तपुर काण्ड पञ्चायती राज्य स्तरको षड्यन्त्र हो भन्नुभयो। उहाँले सरकारमा गएका शासक पार्टीहरूले प्राकृतिक स्रोत र साधन विदेशीलाई बेच्ने सन्धि र सम्झौताले गर्दा नेपाली जनताले दुःख पाइरहेको बताउनुभयो। नेमकिपा देश र जनताको सेवा गर्ने उद्देश्यले स्थापाना गरिएको पार्टी हो
भन्नुभयो।
कार्यक्रममा नेक्रामजदुर सङ्घका केन्द्रीय रत्नबहादुर शाहीले जबसम्म समाज वर्ग रहन्छ तबसम्म मजदुर र किसानले सङ्घर्ष गर्नुपर्ने बताउँदै मजदुर र किसान एकजुट हुनुपर्ने बताउनुभयो।
सो कार्यक्रममा नेक्राविसङ्घ कैलाली जिल्ला संयोजक लक्ष्मी पोखरेलले नेक्राविसङ्घ देशको सार्वभौमिकता रक्षाको निम्ति सम्पूर्ण विद्यार्थीहरूलाई सचेत र सङ्गठित गर्ने अभियानमा जुटेको छ भन्नुभयो। सोही अभियानकै क्रममा आसन्न असोज १६ गते हुने कैलाली जिल्ला सम्मेलन पनि यसैको सिलसिला हो भन्नुभयो।
नेमकिपा कैलालीका अध्यक्ष रमेश कुमार रावलको सभापतित्वमा भएको कार्यक्रममा कैलाली जिल्ला उपाध्यक्ष ज्योती बडुवाल, नेक्राशिसङ्घ केन्द्रीय सदस्य गुप्तबहादुर शाही, नेक्रामहिला सङ्घकी लक्ष्मी पुन, नेक्रायुसङ्घ कैलालीका अध्यक्ष श्रीकृष्ण थारु र पार्टी सचिव गगन थापामगरले पनि बोल्नुभएको थियो।
|