September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

श्रमलाई सम्मान गर्ने नागरिक बन्नु आवश्यक

भक्तपुर, १५ भदौ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा ३ वर्षे डिप्लोमा सिभिल ओभरसियर अध्ययनको लागि भर्ना भएका नयाँ विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम संस्थान सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालको आतिथ्यमा बुधबार सम्पन्न भयो।  

कार्यक्रममा सांसद सुवालले अध्ययन पूरा गरी ओभरसियरको रुपमा सेवा गर्दा श्रमको सम्मान गर्नुपर्ने,  विषयवस्तुमा सक्षम हुनुपर्ने विचार राख्दै संस्थानले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनुभयो।  

संस्थानमा अनावश्यक बिदा र बन्द हड्ताल निरुत्साहित गरी नियमित कक्षा सञ्चालन गर्ने उल्लेख गर्दै कोलम्बसले अमेरिका पत्ता लगाएको बेला भक्तपुरमा थुप्रै कलाकृतिहरुको निर्माण भइसकेको बताउनुभयो। उहाँले विद्यार्थीहरु आफू पढ्नेे कलेज र परिसर नियमित सरसफाइमा अग्रसर हुनुपर्ने विचार राख्नुभयो। 

संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले प्रारम्भदेखि नै मिहिनेत गरेमा सफलता हासिल हुने विचार ब्यक्त गर्नुभयो। 

संस्थानका सिभिल विभागीय प्रमुख राजु भेलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक विभागीय प्रमुख प्रकाश तजले, सुरेन्द्र ख्याजू, रमेश सुवाललगायतका शिक्षकहरुले  विचार राख्नुभएको थियो। संस्थानका अनुसार भक्तपुरसहित २० अन्य जिल्लाका विद्यार्थीहरु डिप्लोमा सिभिल ओभरसियर अध्ययनका लागि भर्ना भएका छन्।