भक्तपुर काण्डको स्मरणमा दैलेखमा साताभर कार्यक्रम
दैलेख, १५ भदौ। भक्तपुर काण्ड, नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने नियतका साथ पञ्चायती व्यवस्थाले राज्यस्तरबाट रचिएको षड्यन्त्र हो। पञ्चायती व्यवस्थाले भक्तपुरलगायत नेमकिपा क्रियाशील जिल्लाहरूमा बर्बर दमन र अत्याचार गर्यो। यसैको स्मरणमा नेमकिपा दैलेख जिल्ला समितिले भक्तपुर काण्ड
(भदौ ९, कालो दिन) को स्मरणमा साताव्यापी कार्यक्रमको आयोजना गर्यो।
भदौ ६ गते नेमकिपा गाउँ समिति रानीवनको आयोजनामा भएको कार्यक्रममा नेमकिपा दैलेखका उपाध्यक्ष बमबहादुर शाहीले भक्तपुर काण्डबारे जानकारी गराउँदै कार्यकर्ताहरूलाई सचेत र सङ्गठित हुन आग्रह गर्नुभयो। कार्यक्रममा नेक्राविसङ्घ जिल्ला सदस्य लक्ष्मी सिंह, मानकुमारी शाही, खगीसरा थापा र भगिराम थापाले बोल्नुभएको थियो।
त्यस्तै भदौ ९ गते रानीवन गाउँ समितिमा भएको कार्यक्रममा नेमकिपा दैलेखका उपाध्यक्ष बमबहादुर शाही, लक्ष्मी सिंह, मानकुमारी शाही, टेकबहादुर शाहीले भक्तपुर काण्डबारे बोल्नुभयो। भेलाले चन्द्रबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय नेक्राविसङ्घ रानीवन गाउँ समिति गठन गरेको छ।
त्यस्तै नेमकिपा विशालाको आयोजनमा भदौ ९ कार्यकर्ता भेला भयो। भेलामा नेमकिपा विशालाका अध्यक्ष खङ्गबहादुर कठायत, भट्टबहादुर शाही, दिनेश विक, दिपिन कठायत, नरबहादर कठायत र दलबहादुर कठायतले बोल्नुभएको थियो।
भदौ ९ गते नेमकिपा लयाती विन्द्रासैनी गाविसको आयोजनामा वडा नं. १ मा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम भयो।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले भक्तपुर काण्ड नेमकिपाविरूद्ध दरबारबाट चालिएको षड्यन्त्र भएको बताउनुभयो। कार्यक्रममा पदमबहादुर शाही, दीपक शाही, डिल्ली खनाल, एचबी शाही र खगेन्द्र शाहीलगायतले बोल्नुभएको थियो।त्यस्तै भदौ ९ डुङ्गेश्वरमा अन्तरक्रिया भयो। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङले कार्यकर्ताहरूलाई सचेत र सङ्गठित भई पार्टीको निर्देशनअनुसार काम गर्न अनुरोध गर्नुभयो।
कार्यक्रममा हस्तबहादुर घले, नन्दलाल दाहाल, मोहन अर्याल, वीरबहादुर भण्डारी, शिवराज दाहाल, गङ्गाबहादुर विष्टले पनि बोल्नुभएको थियो। |