September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नेपाल–भारत खुला सीमा वन्यजन्तु संरक्षणमा थप समस्या

काठमाडौं, १६ भदौ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणको लागि नेपाल–भारत सीमा नियमित गर्नुपर्ने आवश्यकता औंल्याउँदै देश रहे निकुञ्ज रहने हुँदा भारतबाट भइरहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने विचार राख्नुभयो।  

संसदमा प्रस्तुत राष्ट्रिय निकुञ्ज तथा वन्यजुन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ को सैद्धान्तिक छलफलमा भाग लिंदै सांसद सुवालले कोशी टप्पु वन्यजन्तु आरक्षणको जङ्गल भारतको विहार प्रदेशको जङ्गलसँग जोडिएको र राष्ट्रिय शुक्लाफाँटा बर्दियाको राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्षणको जङ्गल भारतको उत्तर प्रदेशसँग जोडिएको हुँदा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणमा थप समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो।  

सांसद सुवालले विधेयकमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणको नाममा निजीकरण गर्ने प्रावधान राखिएको सार्वजनिक सम्पत्ति व्यक्तिलाई पोस्ने उपाय भएको हुँदा निजीकरण गर्ने सो प्रावधान हटाउनुपर्नेमा जोड दिंदै अनुसन्धानको नाममा विदेशी सङ्घ–संस्थालाई राष्ट्रिय निकुञ्ज र वन्यजन्तु प्रदान विधेयकको अर्को प्रावधानले नेपालको निकुञ्ज र वन्यजन्तुको सूचना विदेशीले पाउने र अन्ततः निकुञ्ज र बाह्यजन्तु विदेशीको नियन्त्रणमा जाने भएकोले सो प्रावधान हटाउनुपर्ने उल्लेख गर्नुभयो।  

सांसद सुवालले राप्ती नदीको बालुवा उत्खनन् भएकोले गोहीको बासस्थान भत्किएको र पाँच सय नेपालको गोही भारततर्फ बगेको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणमा सरकारलाई जिम्मेवार बनाउनुपर्ने प्रावधान विधेयकमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

पार्टीका अर्का सांसद अनुराधा थापामगरले संसदको विशेष समयमा मुलुकको दुई फरक जाति र भाषाबीच सुमधुर सम्बन्ध जोड्ने र सदियौंदेखि प्रयोगमा रहेको नेपाली भाषा एवं त्यसको वर्णविन्यासलाई भत्काउने काम भएकोमा सरकारको ध्यानाकर्षण गराउँदै नेपाली व्याकरण तथा देवनागरी लिपिमा आक्रमण भएको टिप्पणी सदर गर्ने तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा आफैले निर्णय सदर गरेको, गल्ती भएको र मन्त्री हुँदै थाहा पाएको भए तत्कालै उल्ट्याउने बताएको हास्यास्पद भएको उल्लेख गर्नुभयो।  

सांसद थापामगरले मन्त्रालयमा दुई वर्षदेखि घुमिरहेको वर्णविन्यास बिगार्ने सो फाइल तत्कालीन शिक्षा मन्त्री शर्मामार्फत टुङ्ग्याउन अमेरिकाको सिल नामक क्रिश्चियन धर्मसम्बन्धी एक संस्थाको भूमिका रहेको सञ्चार माध्यममा आएको उल्लेख गर्दै सो विषयमा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

कलेज, विद्यालय र पत्रपत्रिकामा प्रयोग गरिने शब्द फरक हुने वर्तमान अराजकतालाई अविलम्ब अन्त्य गर्नुपर्नेमा जोड दिंदै संसद थापामगरले मानव सभ्यतासँगै विकास भएको भाषाको वर्ण विन्यासमा अक्रमण सम्पदामै आक्रमण हुने बताउनुभयो।