September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुरमा पनि भेटियो स्क्रब टाइफसका बिरामी

भक्तपुर, १६ भदौ। भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ।  

भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. शम्भुदत्त जोशीले जानकारी दिनुभयो।  

मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा 'माइट'ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उहाँले बताउनुभयो।  

मुसा मारेर आएको बिरालो समातेमा पनि यो कीराको सङ्क्रमण हुनसक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गर्नुभयो।  

यो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरीरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको राबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जानसक्ने डा. जोशीले जानकारी दिनुभयो।  

यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो। जनचेतनाको अभावले रोगको सङ्क्रमण बढ्न सक्ने भएकोले सबैलाई सचेत गराउनुपर्ने बताउँदै सरकारले यो रोगको निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।  

भक्तपुरमा यो रोगका बिरामी अरु पनि हुनसक्ने आशङ्का गर्दै  उहाँले अस्पतालमा यसको परीक्षण गर्ने प्रविधि अर्थात् कीटको व्यवस्था गर्नु अति आवश्यक भएको डा. जोशीले बताउनुभयो।  

नेपालमा यो रोगबाट अहिलेसम्म करिब ४०० जना सङ्क्रमित भएको र पाँचजनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ।