September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मानव बेचबिखनविरूद्धको दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरू

काठमाडौं, १६ भदौ। मानव बेचबिखन तथा ओसारपसारविरूद्धको दशौं राष्ट्रिय दिवसको अवसरमा आजदेखि सप्ताह व्यापी कार्यक्रम सुरू भएको छ। दिवसको यस वर्षको नारा 'एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार' भन्ने रहेको छ।  

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौं शिखर सम्मेलनबाट पारित 'महिला तथा बालबालिका तथा बेचबिखनविरूद्धको सार्क महासन्धि, २००२' लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका–संसद्बाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष आजका दिन यो दिवस मनाइँदै आएको छ।  

सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन नेपाल नामक संस्थाले संयुक्त रूपमा बिहीबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले दिवसलाई भव्यताका साथ सफल बनाउन अपिल गर्नुभयो।  

दिवस अवधिभर बेचबिखनसम्बन्धी ऐन/कानुन, बेचबिखन अन्त्यका उपाय, बेचबिखनको अवस्थाका बारेमा सरोकारवालासँग अन्तर्क्रिया गरिनेछ। त्यसैगरी स्थानीय स्तरमा पनि भव्यताका साथ चेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने भएको छ। भदौ २० गते बिहान ८ बजे भृकुटीमण्डपबाट र्‍यालीको आयोजना गरिने छ। रासस