नारी कल्याण साकोसको अन्तरक्रिया
भक्तपुर, १७ भदौ। नारी कल्याण बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष ०७२/७३ को प्रगति, आर्थिक कारोवार, विभिन्न नीति नियमहरू हेरफेरसम्बन्धी सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम भयो। उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सावित्री धौभडेलले संस्थाबाट लिएको ऋणको भाखा नाघ्न नदिन समयमै ऋण र ब्याज बुझाउँदै जानुपर्ने बताउनुभयो।
संस्थाका उपाध्यक्ष छलकेशरी भोमीले संस्थाको वार्षिक कार्यक्रम र प्रगति, कोषाध्यक्ष रामलक्ष्मी प्रधानाङ्गले ऋण नीति प्रस्तुत गर्नुभयो। कार्यक्रममा तालिम उपसमितिका संयोजक लक्ष्मी अवालले लेखा समितिका संयोजक सरिता मुलेपति, भुपु उपाध्यक्ष सुवर्ण केशरी ग्वंगलले पनि बोल्नुभएको थियो।
|