निबन्ध लेखन प्रतियोगिता सम्पन्न
भक्तपुर, १७ भदौ। प्रावि तथा निमावि समितिको शैक्षिक कार्यक्रमअनुसार ब्रम्हाचारिणी प्राविको संयोजनमा प्रावि तथा निमावि स्तरीय निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भयो।
कार्यक्रममा समितिका अध्यक्ष तुल्सीराम ग्वाछाले निबन्ध लेखनले विद्यार्थीहरूको लेखन शैलीको विकास हुनुका साथै बौद्धिक विकासमा टेवा पुग्ने बताउनुभयो।
प्रतियोगितामा निमावितर्फ दत्तात्रय निमाविका युनिका तामाङ प्रथम, गणेश माविका सुजन तामाङ द्वितीय र भीम आदर्श निमाविका पारस तामाङ तृतीय भएका छन्। त्यस्तै प्रावितर्फ तारा माविका बबिता श्रेष्ठ प्रथम, गणेश माविका सृजना थिङ द्वितीय, ब्रम्हायणी प्राविका अज्जना लामा तृतीय, दत्तात्रय निमाविका स्नेहा बुद्धाचार्य र भारती प्राविका विपना तामाङ सान्त्वना भएका छन्।
कार्यक्रममा प्रअ सूर्यबहादुर फोंजू, पशुपतिमान थकु, जमुना ताम्राकार र जमुना आचार्यले निबन्ध लेखनको महत्त्वबारे बोल्नुभयो।
|