September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

जुम्लामा भक्तपुर काण्डको स्मरण

जुम्ला, १७ भदौ। नेपाल क्रान्तिकारी युवा सङ्घ माहाबै पातरखोला घाँचु गाउँ एकाइ समितिको आयोजनामा 'भक्तपुर काण्ड' को स्मरणमा जनसभा हालै सम्पन्न भयो।  

सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद डिल्लीप्रसाद काफ्लेले नेपालको आन्तरिक मामिलामा भारतीय शासक वर्गले हस्तक्षेप गरेको कारण नेपालले खर्बौ आर्थिक घाटा सहनुपरेको उल्लेख गर्दै नेमकिपाले भारतीय हस्तक्षेपको विरूद्धमा सङ्घर्ष गरिरहेको बताउनुभयो।  

नेमकिपाले संसदमा देश र जनताको पक्षमा पूँजीपति वर्गसँग सङ्घर्ष गरिरहेको चर्चा गर्दै बहुदलपछि सरकारमा गएका शासक वर्गले वैदेशिक हस्तक्षेप बढाएको आरोप उहाँले लगाउनुभयो।  

सांसद काफ्लेले २०४५ सालमा पञ्चायत सरकारले नेमकिपालाई समूल नष्ट गर्न ह्योजू काण्ड रचेको र ६० भन्दा बढी नेमकिपाका कार्यकर्ताहरूलाई जाली मुद्दामा फसाएको चर्चा गर्नुभयो। 

नेक्रायुसङ्घका केन्द्रीय सदस्य रणबहादुर रोकायाले प्रतिक्रियावादी शासकहरूले नेमकिपाविरूद्ध कुनै पनि षड्यन्त्र गर्नसक्ने भएकोले कार्यकर्ताहरू सचेत हुनुपर्ने र समाजवादी गणतन्त्र स्थापना नभएसम्म देश र जनताको हित नहुने बताउनुभयो।  

नेक्राकिसङ्घ जुम्लाका पूर्व अध्यक्ष ऐनबहादुर शाही, दिपराज शाही, छत्र अधिकारी र गोरखजङ्ग शाहीले पनि बोल्नुभएको थियो।  

त्यस्तै भदौ ७ गते नेक्रायुसङ्घ जिल्ला समिति जुम्लाको आयोजनामा समितिका अध्यक्ष पुरबहादुर शाहीको अध्यक्षतामा धाँपा गाविसको लम्केरामाडौंमा जनसभा भयो।  

सभामा डिल्लीप्रसाद काफ्लले, नेक्राशिसङ्घका केन्द्रीय सदस्य दीर्घबहादुर शाही, नेक्रामसङ्घका केन्द्रीय सदस्य रणबहाुदर रोकाया र उपेन्द्र कार्कीले पनि बोल्नुभएको थियो।