September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नेमकिपाबाट दुई विधेयकममा संशोधन दर्ता

काठमाडौं, १८ भदौ। नेपाल मजदुर किसान पार्टीका सांसदहरू प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले 'नेपाल स्काउट ऐन २०५०' लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार संशोधन  पेश गर्नुभयो।  

विधेयकमा नेपाल स्काउटको सट्टा 'नेपाल देशभक्त स्वयम्सेवक समूह' राखेमात्र युवाहरूमा देशभक्तिको भावना जागृत हुने उल्लेख गरिएको छ।  

संशोधनमा गणतान्त्रिक नेपालका बालबालिका तथा युवाहरूलाई शारीरिक, मानसिक र बौद्धिकरूपले देशभक्त बनाई अनुशासित र इमानदारीपूर्वक समाज सेवामा सहभागी गराउन नेपाल देशभक्त समूह गठन गनुपर्ने उल्लेख छ।  

नेपाल स्काउटको समितिहरूमा किसान, मजदुर, महिला, सार्वजनिक विद्यालयका शिक्षकहरू, शैक्षिक गुठीअन्तर्गत विद्यालयका शिक्षक, कलेजका प्राध्यापकहरू राख्नुपर्ने पनि संशोधनमा समावेश छ।  

उहाँले यातना दिने विधेयक २०७१ मा शारीरिक वा मानसिक यातना र अङ्गभङ्ग हुने गरी कुटपिट गर्न नपाउने, वैज्ञानिक एवं मनोवैज्ञानिक ढङ्गले अभियुक्तसँग बयान लिई सत्य तथ्य पत्ता लगाउनुपर्ने, अभियुक्तलाई खाना–पानी नखुवाउने, अपमानजक शब्द प्रयोग गर्ने, कुटपिट र गाली गलौज गर्ने, मानसिक उत्साह घट्ने र हिनताबोध हुने दुर्व्यवहार गर्न नपाउने प्रावधान समावेश गर्नुपर्ने संशोधनमा उल्लेख गरिएको छ।